सेयर बजार स्थिर, हिमालयन बैंकको २३ करोडको संस्थापक सेयर किनबेच



काठमाडौं । सेयर बजार स्थिर बनेको छ । निकै उतार चढाबकाबिच बजार स्थिर बनेको छ । बजार स्थिर बन्दा कारोबार रकम पनि घटेको छ ।

बजार मापन गर्ने सूचक ०.६२ अंकले घटेर परिसूचक २०८८.९९ बिन्दु कायम भएको छ । १२१ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको घटेको छ । ३०७ कम्पनीको २ करोड २१ लाख ३२ हजार ७६८ कित्ता सेयर ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार २७७ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै हिमालयन रि इन्स्योरेन्स, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, सानिमा मिडिल तामोर हाईड्रोपावर, थ्री स्टार हाईड्रोपावर कम्पनीको सेयर मूल्य सर्किट लेबलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा हिमालयन बैंकको संस्थाक सेयर अग्रस्थानमा रहेको छ । कम्पनीको २३ करोड ८५ लाख ७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल रिइन्स्योरेन्सको संस्थापक र सोनापुर मिनरल्स एण्ड आयलको कारोबार भएको छ ।


क्लिकमान्डु