विन्ध्यावासिनी हाइड्रोपावरका यी हुन् ठूला ९ सेयरधनी, अध्यक्षको तलब भत्ता कति ?



काठमाडौं । विन्ध्यावासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ठूला सेयरधनीमा ९ व्यक्ति तथा कम्पनीको रहेको छ ।

कम्पनीमा सबैभन्दा सेयर स्वामित्व अध्यक्ष सीता आचार्यको १३ लाख ६२ हजार ६६१ कित्ता अर्थात १२.९८ प्रतिशत रहेको छ ।
यस्तै सिड इनर्जी लिमिटेडको ५ लाख ६१ हजार ७५० कित्ता अर्थात ५.३५ प्रतिशत, दिलसुन्दर श्रेष्ठको ४ लाख ७३ हजार ६८९ कित्ता अर्थात ४.५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै भरत बहादुर पाण्डेको ४ लाख ३९ हजार ६३१ कित्ता अर्थात ४.१९ प्रतिशत, राम बहादुर गौतमको ४ लाख ३१ हजार ७५७ कित्ता अर्थात ४.११ प्रतिशत, विष्णुहरी शर्मा सुवेदीको २ लाख १३ हजार ४१० कित्ता अर्थात २.०३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

समरजंग बस्नेतको १ लाख ५७ हजार ५०० कित्ता अर्थात १.५० प्रतिशत, सुदिप आचार्यको १ लाख ५६ हजार ६१३ कित्ता अर्थात १.४९ प्रतिशत र हरि प्रसाद काफ्लेको १ लाख २० हजार ६० कित्ता अर्थात १.१४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै कम्पनीका सञ्चालक सुजन बानियाको १ लाख १२६ कित्ता, सञ्चालक इन्द्रदेवी गुरुङको १५ हजार ९८१ कित्ता, सञ्चालक तम प्रसाद गुरुङको १५ हजार ५८३ कित्ता, सञ्चालक लक्ष्मण पौडेलको ७५ हजार १८८ कित्ता सेयर स्वामित्व रहेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म कम्पनीका सञ्चालक अध्यक्षलाई मासिक (कर बाहेक) १ लाख ३५ हजार रुपैयाँ तलब भत्ता रहेको छ ।

हाईड्रोले कम्पनीका सचिव जनार्दन अर्याललाई (कर बाहेक) ६१ हजार ४२१ रुपैयाँ तलब तथा भत्ता उपलव्ध गराइएको जनाएको छ । कम्पनीले बैठकमा भाग लिए वापत सञ्चालक समितिका अध्यक्ष, सञ्चालकलाई प्रति व्यक्ति प्रति बैठक (कर बाहेक) ४ हजार २५० रुपैयाँ बैठक भत्ता उपलव्ध गराएको जनाएको छ । कम्पनीले गत आवको नाफाबाट ५.२६ प्रतिशत नगद लांभाश दिएको छ ।


क्लिकमान्डु