साल्ट ट्रेडिङ्ग कर्पोरेशनले १५.७९ प्रतिशत लाभांश दिने



काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले लाभांश घोषणा गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आवको नाफाबाट १५.७९ प्रतिशत लाभांश दिने भएको छ । जसमा बोनस १५ प्रतिशत रहेको छ भने कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु