सेयर बजारमा सामान्य सुधार, बैंकमा लगानीकर्ताको आकर्षण



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ९.५० अंकले बढेर परिसूचक २०८९.६२ बिन्दुमा रोकिएको छ । कारोबारमा ११८ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ वटा कै घटेको छ ।

३०१ कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता सेयर ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । बैंकिङ समूहको उपसूचक १.१२ प्रतिशत, उत्पादन तथा प्रशोधन १.१२ प्रतिशत, माइक्रोफाइनान्स १.०२ प्रतिशत, अन्य समूहको उसूचक २.२१ प्रतिशतले बढेको छ । बाँकी सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

कारोबारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । चार कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । यो दिन छिमेक लघुवित्त वित्तीय संस्था, अप्पर हेवाखोला हाईड्रोपावर, माया खोला हाईड्रोपावर, नेपाल हाईड्रो डेभलोपर कम्पनीको सेयर मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा सोनापुर मिनरल्स आयल अग्रस्थानमा रहेको छ । कम्पनीको ३२ करोड ७८ mाख ९१ हजार ६१३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा रिलायबल नेपाल लाइफ र ङादी ग्रुप पावर कम्पनी रहेका छन् ।


क्लिकमान्डु