सानिमा रिलायन्स इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?



काठमाडौं । सानिमा रिलायन्स इन्स्योरेन्सले माघमा साधारणसभा बोलाएको छ । कम्पनीको १३ औँ सञ्चालक समितिको बैठले माघ ११ गतेका लागि साधारणसभा तय गरेको हो ।

कम्पनीले साधारणसभाका लागि पुस २६ गते बुक क्लोज गर्दैछ । कम्पनीले यसपटक सर्वसाधारणलाई लाभांश दिने विषय प्रस्तावमा राखेको छैन ।

कम्पनीले साधारणसभाका लागि २ जना सञ्चालक मनोनय गर्ने,सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्च अनुमोदन गर्ने तथा आर्थि वर्ष २०७८/७९ को वित्तीय विवरण पारित गर्ने लगायतका प्रस्ताव इन्स्योरेन्सले अघि सारेको छ ।


क्लिकमान्डु