पुराना गाडीसँग नेटा भी साट्न सकिने योजना



काठमाडौं । सिजि मोटर्स प्रालिले विद्युतिय सवारी साधन नेटा भी को बजार प्रवद्र्धनका लागि मेगा एक्सचेन्ज क्याम्पको आयोजना गरेको छ ।

हाललाई काठमाडौं उपत्यका लक्षित गरि आयोजना गरिएको यस एक्सचेन्ज क्याम्पमा पुराना तथा बीस वर्ष पुगिसकेका सवारी साधन समेत नयाँ नेटा भी सँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ । पुराना सवारी साधनको न्यूनतम मूल्यांकन ४ लाखको रहने कुरा समेत कम्पनीले जनाएको छ ।

स्वीच टु द प्योर इभी नारा दिइएको यस एक्सचेन्ज क्याम्पको मुख्य उद्देश्य नेटा भी को प्रवद्र्धन गर्नु मात्र नभइ पुराना प्रदुषण गरिरहेका सवारी साधनको ब्यवस्थापन समेत रहेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो मेगा एक्सचेन्ज क्याम्प छोटो समयका लागि मात्रै रहेको कम्पनीले जनाएको छ । नेटा भी गाडीमा ८ वर्ष वा १ लाख ५० हजार किमीको वारन्टी रहेको कम्पनीले जनाएको छ । जसले गर्दा ग्राहकहरुले ढुक्क भइ नेटा भी को प्रयोग गर्न सक्छन् । यसका साथै यसमा रहेको एलएफपी २.० प्रविधिले ब्याट्रिलाई तात्न वा बढी चिसो हुन दिँदैन ।

नेटा भी हाल नयाँ ५० किवाको एलएफपी ब्याट्रीसहित शोरुमहरुमा उपलब्ध छ । एलएफपी ब्याट्रि हाल उपलब्ध ब्याट्रिहरु मध्ये सबैभन्दा सुरक्षित तथा लामो आयुको मानिन्छ । नयाँ ब्याट्रिले गर्दा नेटा भी अब सबैभन्दा सुरक्षित ब्याट्रि युक्त तथा उहि ३८० किमीको लामो रेन्ज सहितको नेपालमै सबैभन्दा सुलभ विद्युतिय सवारी साधन भएको छ । यसका साथै यो ब्याट्रिले २०२४ को अटोबेस्ट अवार्ड समेत प्राप्त गरेको छ ।


क्लिकमान्डु