सेयर बजारमा दोहोरो अंकको सुधार: विकास बैंक, वित्त कम्पनीमा लगानीकर्ताको आकर्षण



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सरधार देखिएको बजार बढेसँगै कारोबार रकम पनि बढेको छ । बजार २०.६२ अंकले बढ्दा परिसूचक २०८०.१२ बिन्दु कायम भएको छ ।

कारोबारमा १६५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ कम्पनीको घटेको छ । ३०९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८६६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । लगानीकर्ताको आकर्षण भने विकास बैंकतर्फ बढी देखिएको छ । यस्तै वित्त कम्पनी, होटल माइक्रोफाइनान्स, अन्य समूहका कम्पनीमा बैंकको आकर्षण देखिएको छ ।

बैंकिङ समूहको उपसूचक ०.६७, विकास बैंक ५.२१, वित्त ३.६४, होटल २.७२, लगानी १.२४, जीवन बीमा ०.९२, माइक्रोफाइनान्स १.११, अन्य समूहको उपसूचक १.८९ प्रतिशतले बढेको छ । कारोबारमा जलविद्युत र उत्पादन तथा प्रशोधन समूहको उपसूचक राताम्मे बनेको छ ।

कारोबारमा ८ कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ भने तीन कम्पनीको सेयर मूल्य सर्किट तहमा कारोबार भएको छ । यस्तै धौलागिरी लघुवित्त, सीईडीबी हाइड्रोपावर, बिन्दाबासिनी हाइड्रोपावर, सुपरमादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु