दाबी भुक्तानी लिन आउन बीमितलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स आग्रह



काठमाडौं । बीमा बापतको दाबी भुक्तानी लिनका लागि सम्पर्कमा आउन आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले बीमितलाई आग्रह गरेको छ ।

मंगलबार सार्वजनिक सूचना जारी गर्दै इन्स्योरेन्सले २०८० सालको असारसम्ममा क्षति बीमा दाबीका लागि आवेदन दिएका बीमितलाई सम्पर्कमा आउन भनेको हो ।

इन्स्योरेन्सले बीमा दाबीका लागि आवेदन दिएपनि हालसम्म सर्भेयर वा बीमा कम्पनीमा आवश्यक कागजात पेश नहुँदा दाबी भुक्तानीको प्रकृया रोकिएको जनाएको छ ।

बीमित सम्पर्कमा आए दाबी भुक्तानीको प्रकृया अगाडि बढाउनका लागि इन्स्योरेन्सले ३५ दिने सूचना जारी गरेको हो र
बीमितहरुले कम्पनीमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कागजातसहित सम्पर्कमा जानुपर्नेछ । समय सिमामा नआउने बीमितको दाबी भुक्तानी त्यसपछी बन्द हुने सूचनामा उल्लेख गरिएको छ ।


क्लिकमान्डु