विशाल ग्रुपले पुनर्बीमा कम्पनीमा रहेको १५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै, मूल्य कति ?



काठमाडौं । विशाल ग्रुपले आफ्नो स्वामित्वमा नेपाल पुनर्बिमा कम्पनीमा रहेको संस्थापक सेयर लिलाम बिक्री गर्ने भएको छ ।

विशाल ग्रुपले पुनर्बीमा कम्पनीमा रहेको १५ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । उक्त सेयरमा आजदेखि माघ २९ गतेसम्म आवेदन दिन सकिने छ ।

सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघ सस्थाले आवेदन दिन सक्नेछन् । विशाल ग्रुपले आफ्नो स्वामित्वमा रहेको सेयर प्रतिकित्ता न्यूनतम ३२५ रुपैयाँमा बिक्री गर्न लागेको छ ।

यसमा न्यूनतम २ लाखदेखि अधिकतम सबै कित्तामा आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।


क्लिकमान्डु