टेरामक्स र एमडीएमएसमा भ्रष्टाचारको गन्धपछि प्राधिकरणका अध्यक्ष खनालद्वारा राजीनामा



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् ।

खनालले मंगलबार विहान सञ्चार मन्त्री रेखा शर्मालाई राजीनामा बुझाएको दूरसञ्चार प्राधिकरण स्रोतले क्लिकमान्डुलाई जानकारी दिएको छ ।

पछिल्लो समय दूरसञ्चार क्षेत्रमा नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको दूरसञ्चारको क्षेत्रमा हुने गैरकानुनी गतिविधि अनुगमन तथा भ्वाइस र डेटाको कुल भोल्युम परीक्षण गर्ने प्रविधि (टेरामक्स) मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमए) र इन्टरनेटले राजस्व छलि गरेको विषयमा प्राधिकरण जोडिएपछि खनालले राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले निवासमै बेलाएर राजीनामाका लागि दबाब दिएपछि खनालले बाटो खुला गरेको स्रोतको दाबी छ ।

खनाललाई २०७६ साउन ६ गतेको मन्त्रिपरिषद बैठकले ५ वर्षका लागि नियुक्त गरेको थियो । उनको पदावधि आगामी साउनसम्म भए पनि खनालले करिब ६ महिना अगाडि नै राजीनामा दिएका छन् ।


क्लिकमान्डु