सेयर बजारमा हरियाली, २१२ कम्पनीको सेयर मूल्य बढ्यो




काठमाडौं । सेयर बजारमा उछाल आएको छ । कारोबारको सुरुदेखि नै बढोत्तरी देखिएको बजार अन्तिम समयसम्म कायमै रह्यो ।

बजार मापन गर्ने सूचक ३६.५७ अंकले बढेर परिसूचक २०५९.४९ बिन्दु कायम भएको छ । ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता सेयर ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ समूहको ६.८९, विकास बैंक ८८.१३, वित्त ४४.३२, जलविद्युत ६९.१७, जीवन बिमा ३९२.०९, उत्पादन तथा प्रशोधन ३३.५५, माइक्रोफाइनान्स ४२.५९, निर्जीबन बिमा समूहको उपसूचक १५५.९३ अंकले बढेको छ ।

कारोबारमा चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै करिब १ दर्जन कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

कारोबारमा नारायणी डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी नेपाल, चन्द्रागिरी हिल्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल कम्पनी अग्रस्थानमा रहेको छ ।

२१ करोड ८४ लाख ८२ हजार ८८० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा माउन्टेन इनर्जी र हाथवे इन्भेष्टमेन्ट कम्पनी रहेको छ । कारोबारमा २१२ कम्पनीको सेयर मूल्य बढेको छ भने २९ कम्पनीको घटेको छ ।


क्लिकमान्डु