मनकामना स्मार्ट लघुवित्तले साधारणसभा बोलाउन बोर्डसँग माग्यो चैत मसान्तसम्मको समय



काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले बार्षिक साधारणसभा गर्ने र बार्षिक प्रतिवेदन पेश गर्ने समय चैत मसान्तसम्म थप्न धितोपत्र बाेर्डसमक्ष माग गरेको छ ।

समता घरेलु लघुवित्त वित्तीय संस्थासँग गाभिने प्रकृयामा रहेकाले गत आवको बार्षिक साधारणसभा बोलाउन ढिलाइ भएको भन्दै सभा बोलाउने समय चैत मसान्तसम्म थप्न माग गरेको छ ।

धितोपत्र दता तथा निष्काशन नियमावली–२०७३ मा भएको व्यवस्था बमोजिम बोर्डमा बार्षिक प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था भएकामा संस्था समता घरेलु लघुवित्त वित्तीय संस्थासँग गाभिने क्रममा रहेकाले गत आवको सभा बोलाउन र बार्षिक प्रतिवेदन पेश गर्न ढिलाइ भएको जनाएको छ ।

संस्थाले उक्त नियमावलीको नियम २७ बमोजिम बार्षिक प्रतिवेदन सहित विवरण पेश गर्न ढीलामा चैत मसान्तसम्मको समय थप्न बोर्डलाई माग गरेको छ ।


क्लिकमान्डु