माउन्टेन इनर्जी नेपालले १५.७८ प्रतिशत लाभांश दिने



काठमाडौं । माउन्टेन इनर्जी नेपाल कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट १५.७८ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको उक्त प्रस्ताव विद्युत नियमन आयोगले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु