अफगानिस्तानबाट ८ महिनामा २ करोड ७० लाख अमेरिकी डलरको केशर निर्यात



एजेन्सी । अफगानिस्तानले आठ महिनामा २७ मिलियन अर्थात् २ करोड ७० लाख अमेरिकी डलरको केशर निर्यात गरेको छ । उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल सलाम जवादले आइतबार सो तथ्यांक सार्वजनिक गरेका हुन् ।

समीक्षा अवधिमा करिब १८ हजार ६२० किलो बहुमूल्य केशर निर्यात भएको टोलोन्युजले उल्लेख गरेको छ । अफगानिस्तानमा ‘रातो सुन’ भनेर चिनिने मूल्यवान् मसला प्रायः भारत, साउदी अरब, संयुक्त अरब इमिरेट्स, टर्की, इन्डोनेसिया, स्पेन, जर्मनी, संयुक्त राज्य अमेरिका र बेलायतमा निर्यात हुने गरेको जावादले बताए ।

अफगानिस्तानको हेरात प्रान्तमा केशरको अत्यधिक खेती गरिएको छ ।

यसैबीच, कृषि, सिँचाइ तथा पशुपन्छी मन्त्रालयले द्वन्द्वग्रस्त मुलुकका अन्य प्रदेशमा पनि केशर खेतीलाई प्रवर्द्धन गर्ने प्रयासस्वरुप २ सय कृषकलाई तालिम प्रदान गरेको जनाएको छ ।

अफगानिस्तानका निर्यात हुने प्रमुख वस्तुहरूमा कोइला, केशर, ताजा र सुख्खा फलफूल, हातले बुनेको गलैंचा र बहुमूल्य ढुंगा (पत्थर) आदि पर्छन् ।


क्लिकमान्डु