चन्द्रागिरी हिल्स को लकइन अवधि माघ ८ गतेदेखि सकिने



काठमाडौं । चन्द्रागिरी हिल्स कम्पनीको लकइन अवधि माघ ८ गतेदेखि सकिने भएको छ ।

कम्पनीले निष्कासन गरेको सेयरमा संस्थापक सेयरधनी, आयोजना प्रभावित, कम्पनीका कर्मचारीले खरिद गरेको सेयरको लकइन अवधि माघ ८ गतेदेखि सकिन लागेको हो । लकइनमा रहेका सबै सेयर माघ ८ गतेबाट फुकुवा हुने कम्पनीले जनाएको छ ।

कम्पनीको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता सेयर सूचीकृत रहेको छ । जसमा संस्थापक सेयर ८८ प्रतिशत अर्थात १ करोड ३५ लाख १ कित्ता र सर्वसाधारणको १८ लाख ४० हजार ९०९ कित्ता रहेको छ । माघ ८ पछि दोस्रो बजारमा कारोबार अन्य सामान्य सेयर सरह नै हुनेछ ।


क्लिकमान्डु