सेयर बजार राताम्मे, जलविद्युत कम्पनीमा बढ्यो लगानीकर्ताको आकर्षण



काठमाडौं । सेयर बजार राताम्मे भएको छ । बजार मापन गर्ने सूचक २६.३६ अंकले घटेर बजार राताम्मे भएको हो ।
बजार मापन गर्ने सूचक २६.३६ अंकले घटेर परिसूचक २०२२.९२ बिन्दु कायम रहेको छ ।

कारोबारमा सुरुदेखि नै बजारमा गिरावट देखियो । अन्तिम समयसम्म पनि कायमै रह्यो । कारोबारमा जलविद्युत बाहेक सबै समूहको उपसूचक राताम्मे भएका छन् । यो दिन जलविद्युत समूहको उपसूचकमा सुधार आएको छ ।

बैंकिङ समूहको उपसूचक २१.३३, विकास बैंक ४६.२९, वित्त २४.२१, होटल ७३.७०, जीवन बिमा २५९.६८, उत्पादन तथा प्रशोधन ९८.२७, माइक्रोफाइनान्स १६.३३, निर्जीवन बिमा १८६.४०, अन्य समूहको उपसूचक २८.२३ अंकले घटेको छ । कारोबारमा जलविद्युत समूहको उपसूचक २५.१६ अंकले बढेको छ ।

कारोबारमा तेह्रथुम पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै मुक्तिनाथ कृषि कम्पनी, नेपाल वयर हाउजिङ, धौलागिरी लघुवित्त, सिंगटी हाईड्रो इनर्जी, नेपाल हाईड्रो डेभलोपर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबारमा मानुषी लघुवित्त वित्तीय संस्था, नेपाल रिपब्लिक मिडिया, शुभम पावर कम्पनी, चिरख्वा हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।


क्लिकमान्डु