दक्षिण कोरियाले २०२४ मा एक लाख ६५ हजार विदेशी कामदार भित्र्याउने



एजेन्सी । दक्षिण कोरिया सरकारले सन् २०२४ मा १ लाख ६५ हजार विदेशी कामदारहरू भित्राउने भएको छ ।

कोरिया सरकारले अफिसियल नोटिस जारी गर्दै १ लाख ६५ हजार कामदार भित्र्याउने जनाएको हो ।

कोरिया सरकारले सन् २०२३ मा पनि १ लाख ६५ हजार कामदार भित्र्याउने घोषणा गरेका थिए ।

यो वर्षदेखि कोरियाले रेस्टुरेन्ट र अन्य सेबाका उद्योगहरूमा पनि विदेशी कामदारहरूलाई कामको लागि थप अनुमति दिने भएको छ ।


क्लिकमान्डु