प्रभु इन्स्योरेन्सको सीईओमा सन्चित बज्राचार्य नियुक्त



काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्चित बज्राचार्य नियुक्त भएका छन् ।

प्रभु इन्स्योरेन्सको सञ्चालक समितिले बीमा ऐन, २०७९ को दफा ५७ (१) अनुसार २०८० माघ १ गतेदेखि लागु हुने गरि ४ वर्षको लागि बज्राचार्यलाई कम्पनीको सीईओमा नियुक्त गरेको हो ।

बज्राचार्य यसअघि पनि प्रभु इन्स्योरेन्समा सीईओकै रुपमा कार्यरत थिए । तर, नयाँ बीमा ऐन जारी भएपछि प्रभु इन्स्योरेन्समा यो उनको पहिलो नियुक्त हो ।

नयाँ बीमा ऐनमा सीईको कार्यकाल दुई पटकका लागि हुने व्यवस्था छ । बज्राचार्यसँग बीमा क्षेत्रमा झन्डै २० वर्ष काम गरेको अनुभव छ । त्रिभुवन बिश्वबिद्यालयबाट एमबीए गरेका छन् ।


क्लिकमान्डु