अरुण भ्याली र रिडी पावर कम्पनीले बोर्डबाट पाए हकप्रद सेयर निष्कासन गर्ने अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वटा जलविद्युत कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ ।

बोर्डले अरुण भ्याली हाईड्रोपावर कम्पनी र रिडी पावर कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

अरुण भ्यालीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो ।

कम्पनीले बोर्डबाट १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ रहेको छ ।

यस्तै रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद निष्कासन गर्न बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १ः०.५ अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता सेयर हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ । हकप्रद पछि यसको पुँजी २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।


क्लिकमान्डु