अप्पर स्याङ्गे हाईड्रोको ठूला सेयरधनीमा ६ व्यक्ति तथा कम्पनी, सबैले घटाए स्वामित्व



काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावर कम्पनीको ठूला सेयरधनीमा ६ व्यक्ति तथा कम्पनी रहेका छन् ।

कम्पनीमा सबैभन्दा बढी सेयर स्वामित्व कृति भेन्चर क्यापिटल रहेको छ । कम्पनीमा कृतिको ४६.१७ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै भेनस भेन्चर फण्डको ८ प्रतिशत, कर्मा डोल्मा लामाको ३.५३ प्रतिशत, हाईड्रो इनर्जी कन्सर्नको १.४२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै विर बहादुर घलेको ०.७७ प्रतिशत, छोमा लामाको ०.५६ प्रतिशत सेयर स्वामित्व रहेको छ । सर्वसाधारणको ३९.५५ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीका ठूलो सेयरधनीले आफ्नो हिस्सा अघिल्लो आवको तुलनामा गत आवमा निकै घटाएका छन् ।


क्लिकमान्डु