नेपाल हाइड्रो डेभलोपरका यी हुन् ठूला ९ सेयरधनी, ३ नयाँ थपिए



काठमाडौं । नेपाल हाईड्रो डेभलोपर कम्पनीमा ९ व्यक्ति तथा कम्पनी ठूला सेयरधनी रहेका छन् ।

कम्पनीमा सबैभन्दा बढी सेयर स्वामित्व कुमुद कुमार दुगर र पशुपति मुरारकाको रहेको छ । कम्पनीमा दुवै जनाको क्रमशः ३ लाख १४ हजार ९३१ कित्ता अर्थात ९.३७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै देव कृष्ण मुन्डाराको ७.७७ प्रतिशत अर्थात २ लाख ६० हजार ९१३ कित्ता, विकास दुगरको ५.४६ प्रतिशत अर्थात १ लाख ८३ हजार ४०० कित्ता, शिशिर कुमार मुरारकाको ५.१६ प्रतिशत अर्थात १ लाख ७३ हजार १८१ कित्ता, आनन्द पोखरेलको २.६७ अर्थात ८९ हजार ७०० कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै कम्पनीमा ज्ञानुमाया भण्डारीको १.४७ प्रतिशत अर्थात ४९ हजार ४५० कित्ता, गौरव नेपाल इन्भेष्टमेन्टको १.२७ प्रतिशत अर्थात ४२ हजार ५७१ कित्ता र भरत रेग्मीको १.२३ प्रतिशत अर्थात ४१ हजार ४३३ कित्ता सेयर स्वामित्व रहेको छ । कम्पनीमा ज्ञानुमाया भण्डारी, गौरव नेपाल इन्भेष्टमेन्ट भरत रेग्मी नयाँ ठूला सेयरधनी रहेका छन् ।


क्लिकमान्डु