टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ



काठमाडौं । राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्टलाई प्रहरीले पक्राउ गरेको छ।

भट्टलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले बिहीबार राति पक्राउ गरेको हो ।

टुटलका लगानीकर्ताहरुबीच विवादको विषय रहेको प्रहरीले जनाएकोछ । भट्टविरुद्ध प्रतिलिपि अधिकारको उल्लंघन गरेको तथा आपराधिक विश्वासघात गरेको आरोप लागेको छ ।


क्लिकमान्डु