सिटिजन लाइफको लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्ने ?



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सातौँ वार्षिक साधारणसभा माघ १४ गते गर्ने भएको छ ।

बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सधारणसभा माघ १४ गते गर्ने र बुक क्लोज २९ पुसमा गर्ने निर्णय गरेको हो । पुस २८ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

बैठकले आउँदो साधारणसभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्तापुँजी ३ अर्ब ७५ करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्ने प्रस्ताव अघि सारेको छ ।

जसमा ५ प्रतिशतले हुन आउने १८ करोड ७५ लाख रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने ९८ लाख ६८ हजार ४२१ रुपैयाँ नगद लाभांश दिने उल्लेख छ ।


क्लिकमान्डु