सेयर बजारमा सामान्य गिरावट: जलविद्युत, लगानी र ट्रेडिङ समूहमा लगानीकर्ताको आकर्षण



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजारमा गिरावट आउँदा कारोबार रकम भने बढेको छ ।

बजारमा निकै उतार चढाब रह्यो । बजार मापन गर्ने सूचक ८.७१ अंकले घटेर परिसूचक २०४९.२८ बिन्दुमा पुगेको छ ।
३०३ कम्पनीको १ करोड ६० लाख ५२ हजार १०१ कित्ता सेयर ५ अर्ब ५८ करोड ११ लाख ७ हजार ८०४ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ कम्पनीको घटेको छ ।

बजारमा गिरावट आउँदा पनि जलविद्युत, लगानी र ट्रेडिङ समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएस्को छ । यी समूहका उपसूचकमा सुधार आएको छ भने बाँकी समूहको उपसूचकमा गिरावट आएको छ ।

बैंकिङ समूहको उपसूचक ६.५०, विकास बैंक ३२.४८, वित्त १६.१८, होटल २६.५३, जीवन बीमा १३७.०८, उत्पादन तथा प्रशोधन ३७.९७, माइक्रोफाइनान्स ११.०८, निर्जीबन बीमा १०४.८८ र अन्य समूहको उपसूचक ५८.२१ अंकले घटेको छ ।

कारोबारमा दुई जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने तीन कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल कम्पनी अग्रस्थानमा रहेको छ । दोस्रो र तेस्रो स्थानमा शिवम सिमेन्ट र माउन्टेन इनर्जी रहेको छ ।


क्लिकमान्डु