भारतीय अर्बपति अडानी-हिडेनबर्ग मुद्दामा थप तीन महिना समय थपियो



एजेन्सी । एक समय भारतका सर्बाधिक धनी व्यक्ति बनेका गौतम अडानी र हिडेनबर्ग रिचर्सबीचको मुद्दा थपपछि सरेको छ ।

अडानी हिडेनबर्ग मुद्दामा ३ जनवरीमा भारतको सर्वोच्च अदालतले भारतीय धितो र विनिमय बोर्ड (सेबी)लाई थप तीन महिना अनुसन्धानका लागि दिएको हो ।

विभिन्न दुई मुद्दामा भारतको भारतीय धितो र विनिमय बोर्डलाई थप तीन महिना अनुसन्धानका लागि समय थप्दै सर्वोच्चले उक्त मुद्दालाई थप लम्ब्याएको छ ।

सेबीले हालसम्म २४ मध्ये २२ वटा विषयमा अनुसन्धान सकेको र थप दुई विषयमा अनुसन्धान गर्नका लागि समय चाएिकोब ताएको थियो । सोहीअनुसार अडानीको मुद्दालाई थप तीन महिना अनुसन्धानमै लम्ब्याउने गरि भारतीय सर्वोच्च अदालतले सेबीलाई समय दिएको छ ।

अडानीमाथि गत वर्ष जनवरीमा अमेरिकाको हिडेनबर्ग रिचर्सले विभिन्न पाँच आरोप लगाएको थियो, जसमा उनीमाथि आफ्नो कम्पनीको सेयरको मूल्यलाई तलमाथि गर्नेदेखि सम्पत्ति शुद्धिकरणलगायतका विभिन्न आरोपहरु थिए ।

तर, भारतीय सर्वोच्च अदालतले भने अमेरिकी कम्पनी हिडेनबर्गको रिपोर्टलाई आफूले सत्य मान्नपर्ने आवश्यकता नभएको बताउँदै उक्त कम्पनी भारतमा नरहेकाले आफूहरुले सेबीको रिपोर्टलाई तथ्यात्मक मान्ने भन्दै भारतमै अनुसन्धान गर्न भनेको थियो ।


क्लिकमान्डु