प्रभु बैंकको ३ लाख ३२ हजार संस्थापक सेयर बिक्रीमा



काठमाडौं । प्रभु बैंकका संस्थापक सेयरधनीले आफूसँग भएको ३ लाख ३२ हजार १४९ कित्ता सेयर बिक्रीमा राखेका छन् । बिहीबार बैंकले एक सूचना जारी गर्दै ११ जना सेयरधनीको उक्त परिमाणको संस्थापक सेयर बिक्रीमा राखेको छ ।

उक्त सेयर किन्नका लागि पहिलो अधिकार अन्य संस्थापक सेयरधनीको हुने र राष्ट्र बैंकको फिट एण्ड प्रोपर टेस्ट मापदण्ड पूरा हुने कागजात पेश गरी सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकमा आवेदन दिनुपर्ने छ ।

शुसीला भट्टले ८६ हजार ४६८ कित्ता, रन्जिता श्रेष्ठले २८ हजार १२२ कित्ता, कुमार पौडेलले ४४ हजार ५५९ कित्ता, रविन्द्र अधिकारीले ३४ हजार ५८५ कित्ता, नीरा मैया प्रधानाङ्ग मुनकर्मीले ८ हजार ५०० कित्ता, तिलकबहादुर प्रधानले ३८ हजार ४४ कित्ता, सीताराम केसीले २६ हजार ५०० कित्ता, ध्रुवरत्न मानन्धरले ४१ हजार ६७ कित्ता, धिरबहादुर विष्टले ३ हजार ५०९ कित्ता, करिष्मा राउतले १९ हजार ९८८ कित्ता र केशर बहादुर रावलले ७९३ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।


क्लिकमान्डु