एशियन लाइफ इन्स्योरेन्सले बीमितलाई ७० रुपैयाँसम्म लाभांश दिने



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले बीमितलाई ६१ रुपैयाँ देखि ७० रुपैयाँसम्म लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणमा अधारित रहेर इन्स्योरेन्सले सावधिक तथा आजिवन बीमालेखमा प्रतिहजार ७० रुपैयाँसम्म बोनोस दिने निर्णय गरेको हो ।

नेपाल बीमा प्राधिकरणबाट पुस १२ गते बिमांकीय प्रतिवेदन स्वीकृत भएपछि कम्पनीले पाँच प्रकारको बीमामा लाभांश दिने भएको हो ।
कम्पनीका अनुसार सावधिक तथा आजीवन बीमालेखमा न्यूनतम् ६१ रुपैयाँदेखि बीमा पोलिसीका अवधिका आधारमा क्रमशः वृद्धि भई अधिकतम् ७५ रुपैयाँ प्रतिवर्ष प्रतिहजार रुपैयाँका दरले बोनस पाइनेछ ।

त्यस्तै, सावधिक जीवन बीमालेखमा प्रतिहजार न्यूनतम् ४५ रुपैयाँदेखि ६५ रुपैयाँका दरले लाभांश दिनेछ भने बालबालिका सावधिक जीवन बीमालेखमा अवधिअनुसार न्यूनतम ४४ रुपैयाँदेखि ६० लाभांश दिनेछ र त्यस्तै, सामूहिक, सावधिक, नवरत्न, जीवन संगिनी, दम्पत्ति सुरक्षा, बाल उच्च शिक्षा र भविष्य निधि बीमा पोलिसीहरुमा न्यूनतम ४२ रुपैयाँदेखि ५० रुपैयाँसम्म लाभांश दिनेभएको छ ।
त्यस्तै, अग्रिम भुक्तानी, एकल बीमालेखमा भने कम्पनीले ५० रुपैयाँ देखी ७० रुपैयाँ सम्म लाभांश दिनेछ ।


क्लिकमान्डु