प्रधानमन्त्री आउने भएपछि रामेछापको सुनापति गाउँपालिकामा सार्वजनिक बिदा



रामेछाप । प्रधानमन्त्री आउने भएपछि रामेछापको एक स्थानीय तहले सार्वजनिक बिदा दिएको छ ।

रामेछापको सुनापति गाउँपालिकाले प्रमुख प्रशासकीय भवनको उद्घाटनमा गर्ने अवसरमा सार्वजनिक बिदा दिएको छ ।​​​

गाउँपालिकाले सूचना जारी गर्दै बिहीवार गाउँपालिकाको उक्त भवन उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ आउने भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ ।


क्लिकमान्डु