३७९ यात्रु बोकेको जापान एयरलाइन्सको जहाजमा आगलागी भएपछि…



एजेन्सी । जापान एयरलाइन्सको एक जहाजमा आगलागी भएको छ ।

जापानको राजधानी टोकियोस्थित हानेडा एयरपोर्टमा कोस्ट गार्ड एयरक्राप्टसँग ठोकिएपछि जापान एयरलाइन्सको जहाजमा मंगलबार आगलागी भएको हो ।

एयरलाइन्सकाअनुसार उक्त जहाजमा ३७९ जना यात्रु र चालक दल सदस्यहरु रहेका थिए । उनीहरु सबैलाई सुरक्षित रुपमा उद्धार गरिएको छ ।

जापान एयरलाइन्सकाअनुसार उक्त जहाज होक्काइडोस्थित सिन चितोसे विमानस्थलबाट उडान गरेर टोकियो आइपुगेको थियो।


क्लिकमान्डु