सेयर बजार राताम्मे, २०५ कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौं । सेयर बजार राताम्मे भएको छ । कारोबारको सुरुदेखि नै बजारमा देखिएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो । यो दिन बजार मापन गर्ने सूचक ३०.०५ अंकले घटेर परिसूचक २०३०.०५ बिन्दुमा पुगको छ ।

३०५ कम्पनीको १ करोड ११ लाख ८५ हजार ७१२ कम्पनीको ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार ९९२ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा सबै समूहको उपसूचक राताम्मे बनेका छन् । बैंकिङ समूहको उपसूचक १३.७६, विकास बैंक ५३.५५, वित्त २३.८४, होटल १८१.३४, जलविद्युत ३१.२३, जीवन बीमा ३३४.६१, उत्पादन तथा प्रशोधन ७५.३२, माइक्रोफाइनान्स ४७.६९, निर्जीबन बीमा ३१३.५६, अन्य १०.४३ र ट्रेडिङ समूहको ३१.२२ अंके घटेको छ ।

कारोबारमा ३७ कम्पनीको सेयर मूल्य बढेको छ भने २०५ कम्पनीको सेयर मूल्य घटेको छ । कारोबारमा चिर्खवा हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ, लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कारोबारमा हिमालयन हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सिटिजन्स लाईफ इन्स्योरेन्स, दोर्दी खोला जलविद्युत कम्पनी, अप्पर हेवाखोला हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु