कान्तिपुरविरुद्ध रवि लामिछानेद्वारा मुद्दा दायर



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कान्तिपुर पब्लिकेशनविरुद्ध अदालत पुगेका छन् । आफूलाई नियोजित रुपमा बदनाम गर्न खोजेको भन्दै कानुनी उपचारमा गएको लामिछानेले जनाएका छन् ।

सहकारीबारे जोडेर कान्तिुरपुरले आफूलाई बदनाम गर्न खोजेको उनको आरोप छ । ‘सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन । यो मेरो वचन भो’ उनले भनेका छन् ।

कान्तिपुरविरुद्ध लामिछानेले गाली बेइज्जती मुद्दा दायर गरेका हुन् ।

सामाजिक सञ्जालमा तारिख पर्चा राख्दै लामिछानेले लेखेका छन्, ‘एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन । हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ । म आरोप लाग्नै नहुने मान्छे होइन । तर म समाचारमा आएका कुनै सहकारीको संचालक, सेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन । मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन । मेरो नाम राखिए/देखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु । म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु । सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन । यो मेरो वचन भो। मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु।’


क्लिकमान्डु