आर्थिक अवस्था कमजोर भएका ६४ विद्यार्थीलाई न्यानो कपडा वितरण



बुटवल । कमजोर आर्थिक अवस्थाका कारण जाडोको समयमा न्यानो कपडाको अभावमा विद्यालय जानुपर्ने अवस्थामा रहेका ६४ जना विद्यार्थीलाई कपडा वितरण गरिएको छ ।

प्युठानको मल्लरानी गाँउपालि-१ अर्भाङमा रहेको जनजागृति आधारभूत विद्यालयका कक्षा १ देखि ३ सम्म अध्ययनरत ६४ जना विद्यार्थीलाई ‘पहिलो पाइला नेपाल’ बुटवल शाखाले न्यानो कपडा वितरण गरेको हो ।

पहिलो पाइला नेपालले जाडोमा न्यानोपनको माया बाँड्ने उदेश्यसहित सञ्चालन गरेको ‘न्यानो माया अभियान’ बाट न्यानो ट्र्याकसुट, टोपी, मोजा वितरण गरेको हो ।

कार्यक्रममा मल्लरानी गाँउपालिका अध्यक्ष कृष्णबहादुर खड्काले आफ्नो पालिका जिल्ला सदरमुकाममा भएको पालिका भए पनि केही क्षेत्रहरु भौगोलिक रुपमा अत्यन्तै दुर्गम भएको बताए । उनले स्थानीय संरचनाअनुसार विकासको काम गरिरहेको र शिक्षाको स्तरन्नोती, गुणस्तरीय शिक्षाका लागि काम गरिरहेको बताए ।

विद्यार्थीको न्यानोपनको लागि पहिलो पाईला नेपालले जनजागृति विद्यालयलाई छनोट गरि न्यानो कपडा वितरण गरेकोमा धन्यवाद ब्यक्त गर्दै संस्थाको प्रगति र आबश्यक क्षेत्रमा पहिलो पाईला चाल्न शुभकामना व्यक्त गरे ।

हिलो पाईला नेपालका महासचिव विनोद महतले पहिलो पाईला नेपालले युवाहरुको सहभागीता तथा सामुहिक क्रियाकलापको माध्यमबाट सामाजिक क्षेत्रमा विभिन्न अभियानहरुमार्फत सामाजिक सेवामुलक कार्यहरु गरिरहेको जानकारी दिए ।

‘जहाँ दुख्छ त्यहा पहिलो पाईला पुग्छ’ भन्ने उदेश्यसहित शिक्षा, स्वास्थ्य, सरसफाई, मानसुरक्षा, नेतृत्व तथा ब्यक्तित्व विकासका क्षेत्रमा पहिलो पाईला नेपाल क्रियाशिल रहेको उनले बताए ।

कार्यक्रम संयोजक तथा बुटवल शाखा कोषाध्यक्ष सन्तोष केसीले विद्यालयको भौगोलिक अबस्था, स्थानीय बासिहरुको कमजोर पारिवारिक आर्थिक अबस्थालाई मध्यनजर गर्दै उक्त विद्यालयलाई न्यानो कपडा वितरणको लागि छनोट गरिएको बताए ।

विद्यालयकी प्राधानाध्यापक सुनिता जिसीले पहिलो पटक कुनै पनि संस्थाले विद्यालयमा अध्ययनरत विद्यार्थीको लागि सहयोग गरेको प्रति धन्यवाद ब्यक्त गरिन् ।

न्यानो कपडा प्राप्त गरेका कक्षा ३ मा अध्ययनरत छात्र सुमन नेपालीले न्यानो कपडा पाएको खुसी लागेको भन्दै आफूले पाएको कपडा विद्यालयमा आँउदा लगाउने, सफा राख्ने बताए ।

अभिभावक शर्मिला नगरकोटीले आफ्ना बच्चाहरुलाई न्यानो कपडा वितरण गरेकोमा पहिलो पाईला नेपाल बुटवल शाखालाई धन्यवाद दिइन् ।

पहिलो पाईला नेपाल बुटवल शाखाका अध्यक्ष विनोद बस्यालको अध्यक्षता, मल्लरानी गाँउपालिका अध्यक्ष कृष्णबहादुर खड्काको प्रमुख आतिथ्यता, पहिलो पाईला नेपाल केन्द्रीय महासचिव विनोद महत, मल्लरानी गाँउपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठको विशिष्ट आतिथ्यता, विद्यालय ब्यबस्थापन समिति अध्यक्ष, स्थानीय जनप्रतिनिधिहरुको आतिथ्यता, पहिलो पाईला नेपाल बुटवल शाखा उपाध्यक्ष सन्तोष बन्जाडेको स्वागत मन्तब्य, विद्यालयकी प्रधानाध्यापक सुनित जिसीको धन्यवाद मन्तब्य, पहिलो पाईला नेपाल बुटवल शाखा पदाधिकारी तथा सदस्य, स्थानिय समाजसेवी, बिद्यार्थी, अभिभावक तथा शिक्षाप्रेमीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।


क्लिकमान्डु