सेनाको हेलिकप्टरमा काठमाडौंबाट सुर्खेत लगियो बालकुमारी घटनामा मृत्यु भएका युवाको शव



काठमाडौं । गत शुक्रबार बालकुमारीमा भएको घटनामा प्रहरी आक्रमणमा मारिएका युवकको शव परिवारको जिम्मा लगाइएको छ ।

मंगलबार दिउँसो दैलेखका सुजन रावतको शव नेपाली सेनाको हेलिकप्टरमार्फत उनको घर पुर्‍याइएको हो ।

रावतको शव परिवारलाई जिम्मा लगाइएपछि अन्त्येष्टिको तयारी भइरहेको छ । त्यस्तै अछामका वीरेन्द्र शाहको शव पनि मंगलबार नै परिवारलाई जिम्मा लगाउने तयारी छ । वीरेन्द्रको शव सुर्खेत लगिएको छ ।

दुवै शव आज पाटन अस्पतालमा पोस्टमार्टमपछि सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको हो ।


क्लिकमान्डु