सिटिजन्स लाइफ इन्स्योरेन्सले ५ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लगानीकर्तालाई बोनस सेयर दिने घोषणा गरेको छ ।

इन्स्योरेन्सले कुल चूक्तापुँजीको ५ प्रतिशतका दरले आउने रकम बराबरको बोनस सेयर दिने निर्णय गरेको हो ।

कम्पनीको माघ १६ गते बसेको सञ्चालक समितिको ९७ औँ बैठकले ३ अर्ब ७५ करोड रुपैयाँको पाँच प्रतिशतले हुन आउने १८ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने घोषणा गरेको हो ।

कम्पनीले यस पटक लगानीकर्ता कर प्रयोजनका लागि मात्रै नगदलाभांश छुट्याएको छ । करप्रयोजनार्थका ०.२६३२ प्रतिशत का दरले हुन आउने ९८ लाख ६८ हजार ४ सय २१ रुपैयाँ नगद लाभांश दिनेछ । कम्पनीले बोनस र नगद लभांश दुवै नेपाल बीमाप प्राधिरणबाट स्वीकृत भएपछि अगामी साधारणसभाबाट पारित गरेपछि मात्रै वितरण गर्ने छ।


क्लिकमान्डु