प्रभु महालक्ष्मी इन्स्योरेन्सले बीमालेख नवीकरण नगरेका बीमितलाई ५० प्रतिशत छुट दिने



काठमाडौं । बीमालेख नवीकरण नगरेका वा नवीकरण शुल्क नबुझाएका बीमितलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले शुल्क भुक्तानीमा ५० प्रतिशत छुट दिने भएको छ ।

इन्स्योरेन्सले सूचना जारी गदै यस्तो शुल्क पुस २७ गतेसम्म तिरेमा बीमितले ५० प्रतिशत छुट पाउने जनाएको हो ।

बीमाशुल्क भुक्तानी नगरेका बीमितले शुल्क पनि तिर्न नचाहेमा सरेण्डर गर्न सक्ने व्यवस्था छ । इन्स्योरेन्सले त्यस्ता बीमितलाई बीमा गरेको २ बर्ष भित्रमा सरेण्डर गर्न भनेको छ ।

सरेण्डर गरेको अवस्थामा भने बीमितलाई दिएको बिलम्ब छुटको शुल्क पनि कट्टा गरेर सरेण्डर रकम भुक्तानी गरिने इन्स्योरेन्सले जनाएको छ।

यो बाहेक यस अघि नै बिलम्ब छुट लिइसकेका बीमितलाई भने यो छुटमा समावेश गरिएको छैन ।


क्लिकमान्डु