लोअर इर्खुवा हाईड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने



काठमाडौं । लोअर इर्खुवा हाईड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले आगामी साधारणसभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव लैजाने भएको छ । सभा पुस २७ गतेका लागि बोलाइएको छ ।

सभामा अध्यक्षको बार्षिक प्रतिवेदन, चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ ।

यस्तै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ६ जना सञ्चालक मध्ये नेशनल हाईड्रोपावर कम्पनीबाट प्रतिनिधित्व गर्ने ४ जना र बाँकी रहेका सेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ ।


क्लिकमान्डु