घलेम्दी हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । घलेम्दी हाइड्रोपावर कम्पनीले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

आज कार्यालय समयसम्म कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सकिने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । कम्पनीले मंसिर १० गतेदेखि १ः२ अनुपातमा १ करोड १० लाख कित्ता हकप्रद सेयर जारी गरेको छ ।

कम्पनीले कात्तिक ३ गते बुक क्लोज गरिसकेको छ । कात्तिक २ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

हकप्रद सेयरमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका साथै घलेम्दी हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सकिन्छ । मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र प्रभु बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।


क्लिकमान्डु