एआईसहितको स्मार्ट फ्रिज ल्याउँदै सामसुङ, खाना बिग्रनु अघिनै म्यासेज गर्ने



एजेन्सी । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङले एआईसहितको स्मार्ट फ्रिज निर्माणमा काम गरिरहेको जनाएको छ ।

सामसुङले उपभोक्तालाई उत्कृष्ट अनुभव गराउनका लागि अब बजारमा आउने बिस्पोक फ्लेस्क रेफ्रिजिरेटरमा एआई पनि हुने जनाएको हो ।

यो फ्रिज चारवटा ढोकासहितको लक्जरी फ्रिज हुनेछ । एआई प्रविधि जडित यो फ्रिजमा टच स्क्रिन पनि हुनेछ । सँगै यसमा एउटा इन्टरनल क्यामेरा पनि हुने कम्पनीले जनाएको छ ।

कम्पनीकाअनुसार क्यामेरा र एआईको प्रयोगले फ्रिजले फरक फरक खानाहरुलाई सजिलै चिन्ने र खाना खराब हुनुभन्दा अघि नै मोबाइलमा रहेको एपमा जानकारी दिनेछ ।

हालका लागि फ्रिजमा रहने एआईले ३३ किसिमका खाद्य पदार्थलाई पहिचान गर्न सक्नेछ भने यसलाई थप परिस्कृत बनाउँदै लगिने कम्पनीले जनाएको छ ।

कम्पनीकाअनुसार यो फ्रिज सन् २०२४ मा बजारमा ल्याइनेछ । सन् २०२४ मा हुने कन्ज्युमर इलेक्ट्रिोनिक्स शोमा यसलाई सार्वजनिक गरिने सामसुङले जनाएको छ ।


क्लिकमान्डु