माइक्रोसफ्टको एआई एप कोपाइलट सार्वजनिक, जीपीटी–४ मोडल फ्रिमा प्रयोग गर्न सकिने



एजेन्सी । प्रविधिसम्बन्धी कम्पनी माइक्रोसफ्टले आफ्नो एआई कोपाइलटको एप सार्वजनिक गरेको छ । कम्पनीले एन्ड्रोइड र आईओएस (एप्पल) उपकरण दुवैका लागि एप सार्वजनिक गरेको हो ।

माइक्रोसफ्टले नयाँ कोपाइलट एप सार्वजनिक गरेसँगै अब यसको प्रयोग आईफोन र आइप्याड प्रयोगकर्ताले पनि गर्न पाउनेछन्।

एप्पलको एप स्टोरमा गई प्रयोगकर्ताले माइक्रोसफ्टको कोपाइलट एप डाउनलोड गरि प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । कोपाइलट एपलाई आईओएस उपकरण (आईफोन तथा आइप्याड)मा आईओएस १५भन्दा माथि रहेका अपरेटिङ सिस्टममा प्रयोग गर्न पाइनेछ ।

एपमार्फत प्रयोगकर्ताहरुले एआई च्याटबटसँग कुराकानी गर्न तथा त्यसको प्रयोग गर्न पाउनेछन् । वेब ब्राउजरको सर्च इन्जिनमा भन्दा फरक र पूर्ण रुपमा माइक्रोसफ्टको एआई प्रविधिमा आधारित रहेर एप निर्माण गरिएको कम्पनीले जनाएको छ ।

एप प्रयोग गर्न पछिल्लो पटक अद्यावधिक भएको जीपीटी–४ मोडललाई नि:शुल्क प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । सँगै एपमार्फत च्याटबटसँग प्रयोगकर्ताले इन्टर्याक्सन गर्न पाउने पनि कम्पनीले जनाएको छ । सँगै यसबाट डाल इ थ्रिको प्रयोग गरि तस्बिर पनि निर्माण गर्न सकिने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु