बोर्डको नियमावली संशोधन गर्न लैजाने मन्त्रीसमेत भागीदार हुन्छन्: गोकुल बाँस्कोटा



काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं एमाले नेता गोकुल बाँस्कोटाले नियमावली संशोधन गर्न लैजाने मन्त्रीसमेत यसको भागीदार हुने बताएका छन् ।

नेपाल धितोपत्र बोर्डको नियमावली संशोधनका लागि क्याबिनेटमा लैजाने मन्त्रीसमेत भागिदार हुने बाँस्कोटाको भनाइ थियो ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले अर्थतन्त्रको चाबी, नियम कानुन सबै बनाउने काम अर्थमन्त्रालयको भएको बताए । ऐन कानुनका बिषय नियामक निकाय, अर्थमन्त्रालयसहित क्याबिनेटसमेत जोडिने उनको भनाइ छ ।

सबै निकायले गरेको काम कानुन बमोजिम छ भन्ने अनि सबैतिर घुमाउन मिल्ने कानुन किन बनाएको भन्दै उनले प्रश्न गरे । उक्त नियमावली संशोधन तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले गरेका थिए ।


क्लिकमान्डु