प्रिमियममा सेयर निष्कासन गर्नेबारे कानुन बाझियो: कम्पनी रजिस्ट्रार



काठमाडौ । कम्पनी रजिस्ट्रार दिपककुमार पहाडीले कम्पनी ऐन र धितोपत्र बोर्डको सशोधित नियमावली बाझिएको बताएका छन् ।

कम्पनी ऐनले लगातार तीन वर्ष नाफामा गएपछि प्रिमियममा सेयर निष्कासन गर्न सक्छ भनेको तर धितोपत्र बोर्डले धितोपत्र निष्कासन नियमावली संशोधन गरेर २ वर्ष नाफामा गएपछि प्रिमियममा सेयर निष्कासन गर्न पाइन्छ भनेको कारण कानुन बाझिएको उनले बताए ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उनले धितोपत्र बोर्डमा सूचीकृत कम्पनीले एफपीओमा सेयर जारी गर्न सक्ने कानुनी व्यवस्था रहेको हुनाले सो अनुसार बोर्डले अनुमित दिने पनि बताए ।

एफपीओमा जाने कम्पनीलाई धितोपत्र बोर्ड (सेबोन)ले नियमन गर्ने भन्दै उनले प्रिमियममा सेयर जारी गरेर आएको रकम जे पायो त्यहीमा विषयमा खर्च गर्न नपाउने, प्रिमियम खाता खोलेर राख्नुपर्ने पनि जानकारी दिए ।

प्रिमियम रकमलाई कम्पनीको आयको रुपमा लिन सकिने र त्यो कानुनअनुसार आकर्षित हुने पनि उनले बताए ।

पछिल्लो समय नयाँ बीमा कम्पनीले पनि प्रिमियममा सेयर जारी गरेको विषयमा भने बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले तीन वर्षसम्म नाफामा गएको कम्पनीलाई सेयर जारी गर्न दिने कानुनी व्यवस्थापन भएकाले प्राधिकरणले सैद्धान्तिक स्वीकृति दिएको बताए ।


क्लिकमान्डु