सन्दीपविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ, आज आउला फैसला ?



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अन्तिम सुनुवाइ हुँदैछ ।

बधुबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले आज तेस्रो दिन फैसला सुनवाइ गर्दैछन् ।

जाहेरीकर्ता गौशाला-२६ का तर्फबाट वकिलहरूले बुधबार बहस सकेका थिए । वादी पक्षका १० जना वकिलले बहस गरेका थिए ।
आज प्रतिवादी सन्दीपका तर्फबाट कानुन व्यवसायीहरुले बहस गर्ने छन् । लामिछानेको पक्षबाट हिजो मुरारी सापकोटाले बहस गरेका थिए भने आज पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्ण सापकोटा लगायतले आज बहस गर्ने छन् ।
प्रतिवादी पक्षको बहस सकिएपछि वादीपक्षका वकिलहरूले जवाफी बहस गर्नेछन् । बहसपछि न्यायाधीशले फैसला सुनाउनेछन् । दुवै पक्षको बहस सकिएर आजै फैसला हुने/ नहुने एकिन भने छैन ।

न्यायाधीश ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । सोमबार र मङ्गलबार सार्वजनिक बिदा अदालतमा बन्द भएको थियो ।

यसअघि, नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका काठमाडौँले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।


क्लिकमान्डु