नेपाल उद्योग परिसंघका महानिर्देशक जोशीलाई पितृशोक



काठमाडौं । नेपाल उद्योग परिसंघका महानिर्देशक तथा पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीलाई पितृशोक परेको छ ।

दीपकराज जोशीका ८४ वर्षिय बुवा तुलारामको उपचारका क्रममा बुधबार निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । स्वर्गीय जोशी पञ्चायती व्यवस्थाका एक बिद्रोही थिए ।

जोशीको बुधबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।


क्लिकमान्डु