शिवम् सिमेन्टको लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्ने ?



काठमाडौं । शिवम् सिमेन्ट कम्पनीले बुक क्लोजको मिति तय गरेको छ ।

कम्पनीले पुस २७ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १९ गते बुक क्लोज गर्ने भएको छ । पुस १८ गतेसम्म कायम सेयरधनीले कम्पनीले लाभांश पाउनेछन् भने सभामा भाग लिन पाउनेछन् ।

यस कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई १५.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।


क्लिकमान्डु