नेपाल लाइफको ५ लाख २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख २३ हजार १ सय १२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बुधबारबाट गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको कम्पनीको सेयर खरिद गर्न पुस १९ गतेभित्र आवेदन दिनुपर्नेछ ।

इन्स्योरेन्सको बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले सूचना जारी गर्दै संस्थापक सेयरधनीका साथै जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले आवेदन दिनसक्ने उल्लेख गरेको छ ।

लगानीकर्ताले न्यूनतम् १० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्ने छ । प्रतिसेयर ३ सय २५ रुपैयाँ मूल्य तोकिएको छ । बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको काठमाडौं थापाथलीस्थित कार्यालयमा पेस गर्नुपर्नेछ ।


क्लिकमान्डु