हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँट, कसलाई कति पर्‍यो ?



काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको साधारण सेयर ( आईपीओ) बाँडफाँट भएको छ ।

आईपीओमा १५ लाख ७३ हजार २१९ जनाकोे आवेदन परेको थियो । जसमा १५ लाख ६४ हजार ५६४ जनाको आवेदन योग्य भएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । ८ हजार ६५५ जनाको आवेदन रद्द भएको छ ।

आईपीओमा १० देखि ३० कित्तासम्म आवेदन दिनेले माग अनुसार सेयर पाएका छन् । ३० कित्ताभन्दा बढी आवेदन दिनेका लागि गोलाप्रथामा सहभागी गराइएको छ । २९ हजार २१ जना आवेदकले थप १० कित्ता सेयर पाएका छन् । २९ हजार २१ जनाले ४० कित्ता सेयर पाएका छन् ।

कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा सेयर निष्कासन गरेको थियो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँका दरले सेयर निष्कासन गरेको थियो ।

आईपीओको नतिजा केही समयमा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट, हिमालयन रि इन्स्योरेन्सको वेबसाइट, मेरो सेयर र सिडिएससीले आईपीओको नतिजा हेर्न बनाएको वेबसाइटबाट थाहा पाउन सकिन्छ ।


क्लिकमान्डु