यूनिभर्सल पावर कम्पनीको लाभांश घोषणा



कठमाडौं । यूनिभर्सल पावर कम्पनीले लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने भएको छ । जसमा बोनस ८.५५ प्रतिशत रहेको छ भने कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश रहेको छ ।

कम्पनीले पुस २९ गते बार्षिक साधारणसभा बोलाएको छ । आर्थिक वर्ष २०७५/०७६ देखि चार आर्थिक वर्षको सभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्ने जनाएको छ ।

पुस १७ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् भने सभामा भाग लिन पाउनेछन् ।


क्लिकमान्डु