एक वर्षमा २९२ अर्ब लगानी स्वीकृत, प्रधानमन्त्री भन्छन्: उत्साह मान्ने पक्षमा छैन



काठमाडौं । सरकार गठन भएको एक वर्षको अवधिमा दुई खर्ब ९२ अर्ब ५१ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार गठन भएको एक वर्षको उपलक्ष्यमा राष्ट्रको नाममा संवोधन गर्दै प्रधानमन्त्रीले दुई खर्ब ५१ अर्ब लगानी स्वीकृत भएको बताए ।

एक वर्षको अवधिमा करिब ३ खर्ब रुपैयाँ लगानी स्वीकृत भए पनि उत्साह हुने अवस्था नरहेको बताए ।

‘अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष स्वीकृत भएको लगानी उत्साहजनक मान्य पक्षमा छैन,’ उनले भने ।

उनले देशभित्र लगानी प्रवद्र्धन र व्यवसायिक वातावरण सुधार गर्न धेरै काम गर्न बाँकी रहेको बताए । आगामी वैशाखमा लगानी सम्मेलन हुनु अगाडि नै आवश्यक कानुनी र व्यवहारिक सुधार गर्न सरोकारवालाहरुलाई क्रियासिल बनाइसकेको जानकारी दिए ।

त्यसैगरी, यसै वर्ष क्रेडिट रेटिङ सम्पन्न हुने प्रधानमन्त्रीले दाबी गरे । आगामी दिनमा उद्योग दर्ता सहजीकरण गर्न सञ्चालनमा रहेका प्रणालीलाई एकद्वार प्रणालीलाई एक महिनामा साँच्चिकै एकद्वार प्रणाली बनाइने उनले बताए ।


क्लिकमान्डु