हिमालयन रिइन्स्योरेन्सको आईपीओ भोलि बाँडफाँट हुने



काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले प्रिमियम मूल्यमा निष्कासन गरेको साधारण सेयर (आईपीओ) भोलि (बुधबार) बिहान १० बजे बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार भोली बिहान १० बजे ताज रिसेप्सन बालुवाटारमा बाँडफाँट गर्ने कार्यक्रम रहेको छ ।

कम्पनीको आईपीओमा आवेदन दिएका सबैले सेयर पाउने देखिएको छ । आईपीओमा १६ लाख ६० हजार २२ जना आवेदकले १० कित्ताका दरले १ करोड ६६ लाख २२० कित्ता सेयर पाउनेछन् । बाँकी रहेको कित्तामा गोलाप्रथा मार्फत बाँडफाँट हुनेछ ।

कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म २ करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेको हो । अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँका दरले सेयर निष्कासन गरेको थियो ।


क्लिकमान्डु