बिनाप्रमाण बिजुली काटेर उद्योग बन्द गरियो: ध्रुवराज थापा



काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले बिनाप्रमाण पैसा मागेर सरकारले बिजुली काटेर उद्योग बन्द गराएको बताएका छन् ।

नेपाल उद्योग परिसंघले डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी शुल्क सम्बन्धमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा आर्थिक मन्दीले ३० प्रतिशतमा चलिरहेका उद्योगको लाइन काट्नु खेदपूर्ण भएको बताएका हुन् ।

‘नेपाल विद्युत् प्राधिकरणले साढे ३ वर्षपछि प्रयोग नै नगरेको बिजुलीको पैसा माग्नु र आज आएर बिजुली काटेर उद्योग बन्द गर्नु खेदजनक छ,’ उनले भने ।

उनले राज्यले नै विनास गर्न लागेको बताए । ‘यसले हामीलाई मर्माहत बनाएको छ,’ उनले भने, ‘भर्खर निर्यात गर्न थालेका उद्योग पनि बन्द भएका छन् ।’

उद्योगीले प्राधिकरणले बिल पठाएको ७ दिनभित्रै सधैं छुटसहित पैसा तिर्ने गरेको उनले बताए । ‘अब कुनै थप शुल्क तिर्नुपर्ने छैन, हामीले तिर्नुपर्ने शुल्क के हो र ?’ उनले प्रश्न गरे, ‘के को बिल हो ? प्रस्ट प्राधिकरणले प्रस्ट पारोस्, हामी प्रमाण पुगेको शुल्क बुझाउन तयार छौं ।’


क्लिकमान्डु